मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले यसवर्षको जीबसीम साहित्य पुरस्कार वितरण गरेको छ ।

प्रतिष्ठानले चैत २२ गते ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजन गरेर पुरस्कार वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले खड्क आले मगर(तनहुँ)लाई रु. ४० हजार राशीको पुरस्कार प्रदान गरेका हुन । प्रतिष्ठानले सेन टहाके (कहिले पुग्ने) ? पुस्तकका लागि आलेलाई पुरस्कृत गरिएको हो

मन्त्री रानाले यसवर्षको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार अनिल बुढा मगर(रुकुम)लाई प्रदान गरे । यसवर्ष अठार मगर खाम भाषाका साहित्यकारले प्राप्त गरेको यो पुरस्कार राशी रु. १० हजार छ ।

प्रमुख अतिथि मन्त्री रानाले यस्ता पुरस्कारले मगर भाषा साहित्य लेखनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । मातृभाषामा लेख्नेका लागि स्थापना गरिएको यो पुरस्कारलाई मगर जातीमा सिमित पार्न नहुने उनको भनाई थियो ।

समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनले आदिवासीहरू सबै आदिकवि भएको धारणा राखे । नेपाल मगर संघका महासचिव नविन रोका मगरले साहित्य सिर्जनामार्फत संसार बिउँझाउनेहरुलाई राज्यले उचित सम्मान दिन नसकेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि राना र नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो मातृभाषा विभाग प्रमुख सुलोचना मानन्धरलाई सम्मान गरिएको थियो । यस्तै नेपाल मगर वैदेशिक रोजगार व्यावसायी संघ, मगर संघ टोकाई जापानका अध्यक्ष दिलिप राना मगर र नेपाल मगर पर्यटन व्यवसायी संघका सदस्य दिलबहादुर थापालाई प्रशंसा पत्र तथा तिलक थापा मगर(धादिङ)लाई कोष सं।रक्षक प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव सन्त गाहा मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य संगम मगरले स्वागत भाषणा गरेका थिए ।

Thank you for signing up!