मगर नेपालको आदिवासी जनजाति हो । राष्ट्रिय जनगणना २०६८ अनुसार मगरको जनसंख्या १८,८७,७३३ भाषा वक्ता संख्या ७,८८,५३० मध्य ४१.७ प्रतिशत छ । काइके भाषा वक्ता संख्या ७९१ मगर भाषामा समावेश गरेको छैन । नेपालको अन्तरिम संविधान २०६३ ले नेपालमा बोलिने सबै भाषाहरुलाई राष्ट्र भाषाको मान्यता प्रदान गरेको छ । क्षेत्रको आधारमा मगर भाषालाई बाह्र मगर र अठार मगर भाषा दुई भागमा बर्गिकरण गरिएको छ । अठार मगर भाषाअन्तर्गत अठार मगर भाषा र काइके (परिको बोलि) भाषा बोल्ने गर्दछन् । यि तीनवटै भाषा भोट-बर्मेली शाखाअन्तर्गत पर्दछन् । नेपाल मगर संघले मगरको जनसंख्या तीस लाख, भाषा वक्ता संख्या दशलाख भन्दा बढि दावी गरेको छ ।

जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरको साहित्य लेखनसंगै बढेको मगर साहित्य बाह्र मगर भाषामा बढि अठार मगर भाषामा थोरै लेखिएको छ भने काइके मगर भाषामा शुन्य छ । यि दुई भाषामा अब पनि साहित्य तर्फ जोड नदिने हो भने भाषा संकटमा पर्ने टड्कारो देखिन्छ ।

भाषा जीवित सम्पदा हो । भाषा बचाउन र व्यापक्ताको लागि रचनात्मक मौलिक साहित्य सिर्जनाले सुरक्षित गर्न सहयोग गर्दछ । शिक्षा नीतिले प्राथमिक तहसम्म मातृभाषा पठनपाठन गरिरहेकोले अब उच्च शिक्षा तहसम्म अध्यापन गर्नको लागि भाषा साहित्य लेख्यउन्मूख भई रहनु पर्दछ।

मातृभाषा साहित्य सिर्जना रचनात्मकसंगै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन श्रष्टाहरुलाई प्रोत्साहन गर्नको निमित्त मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगरको सम्मानमा हरेक बर्ष पाँचहजार वृद्धि गर्दै बाषिर्क रुपमा प्रदान गरिने जीबसीम साहित्य पुरस्कार स्थापना र नव मगर साहित्यकारलाई प्रोत्साहन गर्न म्याग्दी चिमखोला, बेलायत निवासी दुतबहादुर गर्बुजा पुन मगरले रू. १,००,०००/-(एकलाख) अक्षयकोष-२०६८, स्थापना गरी रू. दशहजार राशिको नवप्रतिभा साहित्य पुरस्कार र नेपाल मगर संघ (लाङघाली परिवार) का संस्थापक सचिव मगरको धरोहर स्व. जयबहादुर हितान मगरको स्मृतिमा उनका जेठा छोरा विजय हितान मगरले ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार’ नगद रु ३०,०००/- (तीस हजार) प्रमाणपत्र बार्षिक रुपमा प्रदान गर्नको लागि रु २,७५,०००/- (दुइलाख पचहत्तर हजार) अक्षयकोष स्थापना गरिएको छ ।

Thank you for signing up!