मिति २०६९ चैत्र ८ गते

प्रेश विज्ञप्ति

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार२०६८ रोल्पा निवासी जीवन रोका मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार-२०६८ धनकुटा निवासी सुश्री मनु ठाडा मगरलाई प्रदान गर्ने भएको छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृति सिर्जनासहित योगदान पुरयाउने श्रष्टालाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानको पुरस्कार छनौट समितिले २०६९ फागुन २२ गते बसेको बैठकले पुरस्कृत प्रतिभाहरूको नाम छनौट गरेको हो ।

जीबसीम साहित्य पुरस्कार-२०६८ को पुरस्कार राशी रु. ३५,०००/- छ । पुरस्कार राशी हरेक वर्ष रु.५०००/- ले बृद्धि गर्दै लगिएको छ । अठार मगर खाम भाषामा संयुक्त रुपमा गीन्नी ङाता कोस्याली-२०६२ (हामी दुइको पहिलो कोसेली) कविता संग्रह र उपन्यास (आछिम-का सिल)-२०६८ (आजको पाइला) लेखेका रोका मगरले मगर चलचित्रमा अभिनय गरेका छन् । उनी नेपाल मगर लेखक संघ रोल्पाका अध्यक्ष समेत हुन ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार-२०६८ को पुरस्कार राशी रु. ५,०००/- छ । मगर भाषामा काट लीसार-२०६४ (फक्रन लागेको एउटा फूल) कविता संग्रह तथा फुटकर कथाहरु लेखेकी ठाडा मगर नेपाल मगर विद्यार्थी संघमा आवद्ध रहेर काम गरिसकेकी छन् ।

पुरस्कृतद्धयलाई २०६९ चैत्र १७ गते शनिवार काठमाडौंमा पुरस्कार वितरण गरिने छ । आगामी दिनमा मगर साहित्यलाई अन्तराष्ट्रिय साहित्य क्षेत्रको दाँजोमा पुरयाउन साहित्य सिर्जना निरन्तरताको कामना गर्दछौं ।
सञ्जोग लाफा मगर
(अध्यक्ष)

Thank you for signing up!