मगर साहित्यमा उत्कृष्ट कृति सिर्जना सहित योगदान पुरयाउने श्रष्टालाई पुरस्कृत गर्दै आएको मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले हरेक बर्ष रु. ५,०००/- वृद्धि गर्दै मगर साहित्यकारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस बर्षको रु. ३५,०००/- नगद राशीको जीबसीम साहित्य पुरस्कार-२०६८, अठार मगर भाषा साहित्यलाई प्रदान गरिने भएकोले अठार मगर भाषामा प्रकाशित साहित्य कृतिहरु हामिलाई पठाइ सहयोग गरिदिनु हुन अठार मगर साहित्यकारहरुलाई अनुरोध गर्दछौं ।

बेलायत निवासी चर्चित साहित्यकार एवं गीतकार चिम्खोले काइँला (दुतबहादुर गर्बुजा पुन मगर) द्धारा स्थापित ६०,०००/- रुपैयाको अक्षयकोषवाट रु. ५,०००/- नगद राशीको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार-२०६८, नवप्रतिभा मगर भाषा साहित्यकारलाई प्रदान गरिने जानकारी गराउँदछौं ।

Thank you for signing up!